Logo
Logo
माओवादीको घोषणापत्र-

कार्यकारी राष्ट्रपति, राष्ट्रपतिद्वारा गठित मन्त्रिपरिषद्


4k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आसन्न निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । माओवादीले सोमबार घोषणापत्र सार्वजनिक गर्दै संसदबाट निर्वाचित प्रधानमन्त्रीय व्यवस्थालाई परिवर्तन गरी अबदेखि जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्थामा जान प्रस्ताव गरेको छ ।

घोषणापत्रमा संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रिमण्डल रहने व्यवस्थामा जाने माओवादीले प्रतिवद्धता जनाएको छ । माओवादीले राजनीतिक स्थिरता, सरकारको आवधिक स्थायित्व र समृद्धिको यात्रा तय गर्न राष्ट्रपतिय व्यवस्थामा जान जोड दिएको छ ।

संविधान निर्माणको प्रक्रियामा समेत नेपाली जनताले शासकीय पद्धति परिवर्तनको पक्षमा आफ्नो मत अभिव्यक्त गरी सकेकाले लोकतान्त्रिक गणतन्त्रलाई प्रभावकारी बनाउन शासकीय पद्धति परिवर्तन गर्नुपर्ने जनाएको छ ।

संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रिमण्डल रहने व्यवस्था गरिने गरी प्रस्ताव गरिएको छ । संसदलाई पूर्ण रुपमा विधायन क्षेत्रमा केन्द्रीत हुनेगरी व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्