Logo
Logo

एनसीसी बैंकको बोनस सेयरमा मूल्य समायोजन


819
Shares

काठमाडौं । एनसीसी बैंकको ३.३६६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

बोनस सेयर समायोजनपछिको मूल्य नेप्सेले १७८ रुपैयाँ १ पैसा निर्धारण गरेको छ । बैंकको अन्तिम कारोबार मूल्य १८४ रुपैयाँलाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो । हाल एनसीसी कुमारी बैंकसँग मर्जर प्रक्रियामा रहेकाले यस बैंकको कारोबार नेप्सेमा रोक्का छ ।

कम्पनीले २०७८/७९ को नाफाबाट लगानीकर्तालाई ७.६३ प्रतिशत नगद र ३.३६६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव साधारण सभामा पेश गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्