Logo
Logo

प्रचण्डसँग अमेरिकी राजदूतको शिष्टाचार भेट


693
Shares

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

मंगलबार बिहान प्रचण्ड निवास पुगेर नवनियुक्त राजदूत थम्पसनले प्रचण्डलाई भेटेका हुन् । राजदूत थम्पसन र प्रचण्डबीच शिष्टाचार भेटवार्ता भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

भेटवार्तामा वर्षौदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको थियो । भेटमा अध्यक्ष प्रचण्डले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सह्रानीय भएको बताएका थिए ।

प्रचण्डले आफू मुलुकको आर्थिक समृद्धिको अभियानमा रहेको बताउँदै यसमा अमेरिकाको सहयोग आवश्यक रहेको बताएका थिए । राजदूत थम्पसनले प्राकृतिक र सांस्कृतिक विविधताले भरिएको सुन्दर मुलुक नेपाल आउँदा खुसी लागेको बताए ।

नेपालको दिगो र समावेशी आर्थिक विकास लक्ष्य हासिल गर्न आफूहरुको सहयोग निरन्तर रहने उनको भनाइ थियो । नेपाल र अमेरिकी सम्बन्ध आफ्नो कार्यकालमा अझै उचाइ लिने उनको विश्वास थियो ।

प्रतिक्रिया दिनुहोस्