Logo
Logo

पाँचतारे होटलबाट एमालेको घोषणापत्र सार्वजनिक


1.7k
Shares

काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन लक्षित नेकपा एमालेले घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार दरबारमार्गस्थित पाँचतारे होटल याक एन्ड यतिमा एक कार्यक्रमबीच उक्त घोषणा पत्रको डिजिटल भर्सन सार्वजनिक गरेको हो ।

एमालेले घोषणापत्र सार्वजनिक गर्दा प्रविधिमा जोड दिएको छ । डिजिटल अनावरणसँगै सूर्य चिन्हमा किन मतदान गर्ने किन नगर्ने भन्ने प्रश्नको जवाफसहित एमाले सरकारका उपलब्धिको श्रव्यदृष्य सार्वजनिक गरिएको छ ।

कार्यक्रमस्थलमा प्रस्तुत भिडिओअनुसार एमालेको घोषणापत्रमा २० हजार शब्द छन् । त्यसमा मुख्य दुई प्रश्न सोधिएको छ । पहिलो, सूर्य चिह्नमा मतदान किन गर्ने ? दोस्रो, सूर्य चिह्नबाहेक अन्यत्र किन मतदान नगर्ने ?

प्रतिक्रिया दिनुहोस्