Logo
Logo

एमालेको घोषणापत्र- दुई वर्षमा विद्युत् पहुँच सतप्रतिशत


252
Shares

काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन लक्षित नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा २ वर्षमा विद्युत्‌मा पहुँच हुने जनसंख्या सतप्रतिशत पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

सबै परिवारलाई ग्राहस्थ उपभोगका निम्ति वर्षायाममा मासिक ५० युनिट र हिउँद याममा ३० युनिट विद्युत् निःशुल्क उपलब्ध गराइने घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्रमा भनिएको छ- ‘पाँच वर्षमा विद्युत् उत्पादन क्षमता ६५०० मेगावाट पुर्‍याइनेछ र प्रतिव्यक्ति विद्युत् खपत ७०० किलोवाट प्रतिघण्टा पुर्‍याइनेछ ।’

प्रतिक्रिया दिनुहोस्