Logo
Logo

एमालेको घोषणापत्र सार्वजनिक- पाँचतारे होटलमा कार्यक्रम, मिस नेपाल र बैंकर कार्यक्रम सञ्चालक


14.9k
Shares

काठमाडौं । नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र काठमाडौंको पाँचतारे होटल याक एण्ड यतिबाट सार्वजनिक गरेको छ ।

विगतमा आफ्नै कार्यालय वा अन्य सार्वजनिक सभा हलहरूबाट घोषणापत्र सार्वजनिक गर्दै आएको एमालेले यसपटक दरबारमार्गस्थित महँगो पाँचतारे होटलबाट सार्वजनिक गरेको हो ।

एमालेको घोषणापत्र सार्वजनिक कार्यक्रमको रमाइलो पक्ष के रह्यो भने, घोषणापत्र सार्वजनिक कार्यक्रमको सञ्चालन मिस नेपाल सदीक्षा श्रेष्ठले गरेका छन् । सामान्यतया पार्टीका कार्यक्रमहरू महासचिव वा सचिवहरूले सञ्चालन गर्ने प्रचलन रहेको छ ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा एमालेले नेपालको सन्दर्भमा नौलो प्रयोग गरेको छ । भिडियोमार्फत घोषणापत्र सार्वजनिक गरेको एमालेले घोषणापत्र सार्वजनिक गरेलगत्तै संवाद कार्यक्रम गरेको छ ।
संवाद कार्यक्रमलाई ‘ओलीसँग लाइभ डिबेट’ नाम दिएको एमालेले उक्त डिबेट सञ्चालनकाे जिम्मा चर्चित बैंकर अनिल केशरी शाहलाई दियो ।

प्रतिक्रिया दिनुहोस्