Logo
Logo

पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ एमाले प्रवेश !


7.8k
Shares

काठमाडौं । पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ नेकपा एमाले प्रवेश गरेको चर्चा चल्न थालेको छ । एमालेको घोषणापत्र सार्वजनिक कार्यक्रम सञ्चालन गरेसँगै यो चर्चाले झनै व्यापकता पाएको छ ।

मंगलबार नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्न पाँचतारे होटल याक एण्ड यतीमा कार्यक्रम गरेको थियो । उक्त कार्यक्रम सदीक्षाले नै सञ्चालन गरेका थिए ।

कार्यक्रम सञ्चालनका क्रममा सदीक्षाले आफू कार्यक्रम सञ्चालकको रुपमा मात्र सहभागी भएको, एमाले प्रवेश नगरेको बताए पनि उनी एमाले प्रवेश गरिसकेको एमाले स्रोतले बताएको छ ।

एमाले स्रोतले भन्यो– ‘सदीक्षा एमाले प्रवेश गरिसक्नु भएको हो । तर, व्यवसायीक जीवनमा नकारात्मक प्रभाव पर्नसक्ने भएकाले अहिले सार्वजनिक नगरौँ भन्नु भएको छ । त्यसैले उहाँ एमाले प्रवेश गरेको विषय गोप्य राखिएको हो ।’

सदीक्षालाई प्रचार विभाग अन्तरगतको कुनै एक जिम्मेवारी दिने तयारी गरिएको ति एमाले नेताले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्