Logo
Logo

सानदार बहुमत प्राप्त गर्दै प्रधानमन्त्री बन्छु- ओली


2k
Shares

काठमाडौं । नेकपा एमालेलेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले सानदार बहुमत प्राप्त गर्ने दाबी गरेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक कार्यक्रममा पत्रकारको प्रश्नमा जवाफ दिँदै अध्यक्ष ओलीले आफ्नो पार्टीले सानदार बहुमत प्राप्त गर्ने दाबी गरेका हुन् ।

पत्रकारको प्रश्नमा जवाफ दिँदै ओलीले भने– ‘तपाईंले देख्नु भएकै होला, एमालेप्रति जनताको आकर्षण । दिनदिनै जनता हामफालेर एमाले प्रवेश गरिरहेका छन् । त्यसकारण हामी सानदार बहुमत ल्याउँछौं ।’

अध्यक्ष ओलीले निर्वाचनपछि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्नेसमेत ठोकुवा गरेका छन् । आफ्नो पार्टीले सानदार बहुमत प्राप्त गर्ने भएकाले आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका हुन् ।

आफूलाई प्रधानमन्त्रीको रुपमा अघि सारिसकेका ओलीले घोषणापत्र सार्वजनिक कार्यक्रममा पनि घुमाउरो पारामा आफू नै प्रधानमन्त्री बन्ने जवाफ दिए ।

ओलीले घुमाउरो पारामा भने– ‘हामी सानदार बहुमत प्राप्त गर्छौ । हाम्रो बहुमत भएपछि जो पनि प्रधानमन्त्री बन्न सक्छ । म पनि बन्न सक्छु, अरुलाई पनि प्रधानमन्त्री बन्नलाई केहीले छेक्दैन ।’

अध्यक्ष ओलीले वर्तमान सत्ता गठबन्धनका कारण देश संकटतर्फ उन्मुख रहेकाले अब एमालेको सरकार आवश्यक रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्