Logo
Logo

अफगानिस्तानले ४ करोड अमेरिकी डलर नगद सहायता प्राप्त गर्यो


819
Shares

एजेन्सी । अफगानिस्तानले मंगलबार चार करोड अमेरिकी डलर नगद सहायता प्राप्त गरेको देशको केन्द्रीय बैंक दा अफगानिस्तान बैंक (डीएबी)ले उल्लेख गरेको छ ।

‘दा अफगानिस्तान बैंकले आज चार करोड अमेरिकी डलर नगद सहायता प्राप्त गरेको छ र वाणिज्य बैंकमा जम्मा गरिएको छ’, विज्ञप्तिमा जनाइएको छ ।

अफगानिस्तानको केन्द्रीय बैंकले विश्वभरका सबै बैंक र मौद्रिक संस्थाहरूसँग वित्तीय कारोबार गर्न चाहेको उल्लेख गर्दै ड्याबले विज्ञप्तिमा बैंकिङ प्रणाली मार्फत पैसा हस्तान्तरण गर्न आह्वान गरेको छ ।

गत वर्षमा अन्तरराष्ट्रिय समुदायले ड्याबलाईलाई मानवीय सहायताको रूपमा नगद सहयोग गर्दै युद्धग्रस्त देशलाई आर्थिक पतन रोक्न विदेशी मुद्रा सञ्चिति बढाउन मद्दत गरेको थियो ।

अफगानिस्तानमा तालिबानले गत वर्ष अगस्टमा अमेरिकी नेतृत्वको विदेशी सेना फिर्ता गरेपछि देशको बैंकिङ प्रणाली अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्