Logo
Logo

हेलिकोप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु


3.9k
Shares

एजेन्सी । पश्चिमी नर्वेमा मङ्गलबार हेलिकोप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटना ट्रोन्डहेमको उत्तरपूर्वी भेर्डल नगरपालिकामा मध्य बिहान भएको थियो ।

दुर्घटनाको कारण बारे अनुसन्धान जारी छ । नर्वेका सञ्चार माध्यमहरूमाट प्रकाशित तस्बिरहरूले उक्त दुर्घटनाग्रस्त हेलिकोप्टर खेतमा खसेको देखिन्छ ।

अन्य दुई हेलिकोप्टर, एक उद्धार सेवा र एम्बुलेन्स हेलिकोप्टर घटनास्थलमा पठाइएको जानकारी दिइएको छ । दुर्घटनाग्रस्त हेलिकोप्टर भाडामा लिइएको थियो । तर अन्य थप कुनै विवरण भने सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्