Logo
Logo

सन्दीपको बयान सकियो, भोलिदेखि थुनछेक बहस


2k
Shares

काठमाडौं । नाबालिका बलात्कार अभियोगमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेको बयान सकिएको छ ।

न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपसँग मंगलबार बयान लिएको हो । बयान सकिएकाले बुधबारबाट थुनछेक बहस शुरु हुने अदालतले जनाएको छ ।

सरकारी वकिलको कार्यालयले सन्दीपलाई १० देखि १२ वर्ष कैद र उचित क्षतिपूर्ति तिराउन माग गर्दै अदालतमा मुद्दा दर्ता गरेको थियो ।

भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्याएर बलात्कार गरेको आरोप लगाउँदै एक नाबालिकाले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्