Logo
Logo

ज्ञान लिम्बूको प्रश्न- योगेश भट्टराई र योगेश लिम्बू एउटै हुन् ? (भिडियोसहित)


1.2k
Shares

काठमाडौं । एमाले नेता योगश भट्टराईले केही दिनअघि दिएको अभिव्यक्तिलाई लिएर ताप्लेजुङबासीले आपत्ति जनाएका छन् । उनहरुको प्रश्न छ, ‘योगेश भट्टराई र योगेश लिम्बू भनेको एउटै हो ?’

चुनावी प्रचारप्रसारको क्रममा ताप्लेजुङ पुगेका भट्टराईले एक चुनावी कार्यक्रममा भनेका थिए, ‘मुक्कुमलुङ भनेपनि एउटै हो । पाथीभरा भनेपनि एउटै हो ।’

केही समययता पूर्वकै चर्चित धार्मिक र पर्यटकीय स्थल पाथीभरालाई ‘मुक्कुमलुङ’को पहिचान दिलाउन आन्दोलन चलिरहेको छ । तर, यसैबेला आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङबाट उम्मेदवारी दिएका एमाले नेता भट्टराईले ‘पाथीभरा भनेपनि एउटै हो, र मुक्कुमलुङ भनेको पनि एउटै हो’ भनेपछि उनीहरुले आपत्ति जनाएका हुन् ।

ताप्लेजुङका ज्ञान लिम्बूले योगेश भट्टराईसँग ‘पाथीभरा र मुक्कुमलुङ एउटै हुन् भन्नुको आधारसमेत माग गरेका छन् । उनले ताप्लेजुङ्गे रैथाने लिम्बूहरुले राखेको नाम ‘मुक्कुमलुङ र पाथीभरा’ नाम आकाश पातल फरक रहेको समेत बताएका छन् ।

‘माङ्सेबुङ खबर’ नामक युट्युब च्यानलसँग ज्ञान लिम्बूले भनेका छन्, ‘मुक्कुमलुङका लागि आन्दोलन चरिहँदा तपाइँ ( योगेश भट्टराई)ले कसरी र के आधारमा पाथीभरा र मुक्कुमलुङ एउटै हो भनेर विश्लेषण गर्नुभयो ? तपाइँसँग के आधार छ ?’

प्रतिक्रिया दिनुहोस्