Logo
Logo

के हो आत्महत्याको दुरुत्साहन ?


– निमकान्त पाण्डे

0
Shares

– निमकान्त पाण्डे
चितवन प्रहरीले आत्महत्याको लागि दुरुत्साहन गरेको आरोप लगाएर चितवन जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेपछि टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई गत आइतबारदेखि बयान गराउने क्रम सुरु भएको छ । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरे वा उनको हत्या नै भएको हो भन्ने बारे सामाजिक सञ्जालमा व्यापक बहस चलिरहेको छ । सामाजिक सञ्जाल यस्तो सशक्त सञ्चारमाध्यम बन्न पुगेको छ, जसको प्रभाव नागरिक समाजमा मात्र नभएर हरेक क्षेत्रमा परिरहेको छ । भलै त्यसको विश्वसनीयतामाथि अनेक कोणबाट प्रश्न उठेको छ ।

बल्खुस्थित नेकपा एमालेको मुख्यालयमा एकजना राजवंशी थरका एमाले कार्यकर्ताले झुण्डिएर आत्महत्या गरेका थिए । त्यो बेला कसको कारणबाट आत्महत्या गर्न बाध्य हुनुपरेको भनेर लेखि छोडेका थिए । अहिलेका सत्ता सञ्चालकहरुले स्मरण गर्नु जरुरी छ । यस्तो कानुन निर्माण गर्नु नै गलत मनसाय देखिन्छ, कानुन सच्याउनेतर्फ पनि ध्यानाकर्षण जरुरी छ ।

पत्रकार पुडासैनीको रहस्यमय मृत्युलाई प्रहरीले आत्महत्या भनेपनि त्यसलाई स्वीकार गर्न सकिने अवस्था छैन । यो आत्महत्या होइन भन्ने आशंकालाई विभिन्न कोणबाट पुष्टि गर्न सकिने अवस्था विद्यमान छ । तर प्रहरीले आत्महत्या नै हो भन्ने कुरालाई नै पुष्टि गर्न प्रयास गरेको देखिन्छ । पुडासैनी चितवनको होटेल कंगारुमा बस्न गएको समय दिउँसोको साढे तीन बजे भनिएको छ । उनी बेलुकी आठ बजे खाना खान नआएको र कोठाको ढोका ढक्ढकाउँदा पनि नखुलेपछि राति ९÷१० बजेतिर प्रहरीलाई बोलाएर ढोका फोड्न लगाएको भनी होटेल सञ्चालकले बोलेका छन् । आठ बजे खाना खान आउँछु भनेको मानिस नआएपछि खाना खान आउ भनेर बोलाउन पुग्नुसम्म स्वाभाविक हो । तर भित्रबाट कुनै रेस्पोन्स नआएपछि सुतिसकेको हुनसक्ने अनुमान स्वाभाविक रुपमा गर्न सकिने समय हो –रातको आठ बजे । तर एक डेढ घण्टाको अन्तरालमा कोठाको ढोका फोड्न प्रहरी बोलाइनुले यहीँबाट घटनाको रहस्य अनुमान गर्न सकिन्छ । ढोका फोडिसकेपछिको दृश्य जो कसैका आँखाले झुण्डिएका व्यक्तिको अवस्था देख्दा आत्महत्या गरेको भनेर भन्न सकिने प्रकृति छैन । एउटा खुट्टाले पलङमा टेकेको र खुट्टा खुम्चिएको अवस्था छ भने अर्को खुट्टाले भुँइमा टेकेको अवस्था छ । झुण्डिएको लाशले हात टेक्न सक्ने गरी टेबुल राखिएको अवस्था छ । यस्तो अवस्थाको झुण्डिएको लाशको प्रकृतिलाई त्यहाँ उपस्थित प्रहरीले ‘यो आत्महत्या हो’ भनेर बोलेको कुरा बाहिर आएको छ । प्रहरीले होटेल सञ्चालक वा अन्य कसैप्रति हत्याको आशंका नगर्नु नै आश्चर्यजनक छ । बिना अनुशन्धान आत्महत्या हो भनेर दाबी गर्न सक्नु अर्को आश्चर्यजनक विषय हो । मृतक शालिकराम पुडासैनीले रेकर्ड गराएको भनिएको भिडियो समेत नसुन्दै प्रहरीबाट गरिएको आत्महत्या नै हो भन्ने दाबी अपरिपक्व र शंकास्पद देखिन्छ ।

त्यसपछिका अनुशन्धान प्रक्रियामा अपनाइएका सबै गतिविधिहरु पनि विश्वसनीय मान्न सकिने अवस्था छैन । लाश प्रकृति मुचुल्का तयार गर्ने क्रममा भएका विवादहरु र प्रहरीले तथ्यलाई तोडमरोड गरी मुचुल्कामा उल्लेख गर्न खोजेका शब्दहरुबाट प्रहरीको अनुसन्धानमा पूर्वाग्रह देखिन्छ । यस घटनामा आत्महत्याका लागि दुरुत्साहन गरेका आरोपमा पत्रकार रवी लामिछाने र अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेपछि जनमत विभाजित भएको अवस्था छ । घटनाक्रमलाई विश्लेषण गर्दा आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोग रवि लामिछानेको हकमा आकर्षित हुन सक्छ भने भोलिका दिनमा यो कानुनको दुरुपयोगले तमाम निर्दोष व्यक्तिहरु कठ्घरामा उभिनुपर्ने अवस्था आउन सक्छ । बल्खुस्थित नेकपा एमालेको मुख्यालयमा एकजना राजवंशी थरका एमाले कार्यकर्ताले झुण्डिएर आत्महत्या गरेका थिए । त्यो बेला कसको कारणबाट आत्महत्या गर्न बाध्य हुनुपरेको भनेर लेखि छोडेका थिए । अहिलेका सत्ता सञ्चालकहरुले स्मरण गर्नु जरुरी छ । यस्तो कानुन निर्माण गर्नु नै गलत मनसाय देखिन्छ, कानुन सच्याउनेतर्फ पनि ध्यानाकर्षण जरुरी छ ।

त्यसैगरी मृतक पुडासैनीले गराएको भनिएको रेकर्डमा ऋण तिर्न नसकेर पीडामा परेको बोलेका छन् । उनले ऋणको किस्ता तिर्न नसकेर आत्महत्या गर्छन् वा प्रेमिकासंगको प्रेम असफल भएका कारणबाट आत्महत्या गर्छन् भने रवि लामिछानेको दुरुत्साहन कसरी पुष्टि हुन्छ ? दुरुत्साहन गरेको भन्ने अभियोग बारेमा केही विश्लेषण गर्न आवश्यक छ । घटनाको प्रकृतिले पत्रकार पुडासैनीको मृत्यु आत्महत्याभन्दा पनि चरम यातना दिएर भएको हो भन्ने आशंकालाई पुष्टि गर्ने तमाम आधारहरू छन् । मृतकको शरीरमा नीलडाम लगायतका घाउ खतहरू प्रशस्तै देखिएका छन् । मृतकले भिडियोमा रुँदै बयान गरेको देखिन्छ । यो रेकर्डकै आधारमा रवि लामिछानेले आत्महत्याका लागि उनलाई दुरुत्साहन गरेको अभियोग लगाउने हो भने यो नजिर राज्यका निम्ति ठूलो चुनौती बन्ने छ ।

पत्रकार पुडासैनीले रवि लामिछाने लगायतलाई आफू आत्महत्या गर्ने अवस्थामा पुगेको जानकारी गराएको प्रमाण कतै देखिएको छैन । आफ्नो कारणले पत्रकार पुडासैनी आत्महत्या गर्दैछन् भन्ने संकेतसम्म लामिछानेलाई भएको प्रमाण प्रहरीले देखाउन सकेको छैन । आत्महत्या गर्दै गरेको अथवा आफ्नो व्यवहारबाट आत्महत्या गर्ने अवस्था सृजना हुन सक्ने जानकारी नै नपाएको अवस्थामा रवि लामिछाने लगायत जो सुकैलाई पनि दुरुत्साहन गरेको अभियोग लागउने आधार कसरी हुन्छ ? भिडियोको सुरुमा पुडासैनीले दिपक बोहराले आफूलाई यातना दिएको भनेका छन् भने पछि दिपक निर्दाेष भएको पनि भनेका छन् । आफ्नै कारणबाट कुनै व्यक्तिले आत्महत्या गर्ने अवस्था सृजना भएको छ भन्ने जानकारी हुँदा हुँदै पनि आत्महत्या रोक्नका लागि सावधानी अपनाउने काममा लापरवाही गरेको अवस्थामा मात्र दुरुत्साहनको अभियोग लाग्न सक्ने हुन्छ । दुुरुत्साहन सम्बन्धी कानुन नै आकर्षित हुन नसक्ने अवस्थामा पक्राउ गरी थुनामा राख्नु ‘सयौं अपराधी छुटुन्, तर एउटा पनि निर्दोष व्यक्तिले सजाय भोग्नु नपरोस्’ भन्ने सर्वमान्य न्यायको सिद्धान्तको सरासर उल्लघंन हो ।

प्रतिक्रिया दिनुहोस्