Logo
Logo

सुनको भाउ प्रतितोला ५ सय रूपैयाँले बढ्यो


378
Shares

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा पाँच सय रुपैयाँले बढ्दै ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको भाउ ९३ हजार एक सय रुपैयाँ पुगेको महासंघको जनाएको छ ।

त्यस्तै चाँदीको भाउ भने अघिल्लो दिनको तmुनामा १० रुपैयाँले बढेर आज प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्