Logo
Logo

हिमालय एअरलाइन्सद्वारा गौतमबुद्ध विमानस्थलबाट उडान सञ्चालनको तयारी


1.8k
Shares

काठमाडौं । हिमालय एअरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्ने तयारी गरेको छ । यसका लागि एअरलाइन्सलाई त्रिभुवन विमानस्थलमा सेल्फ ग्राउन्ड हैन्डिलिङ तथा गौतम बुद्ध विमानस्थलमा कमर्सियल ग्राउन्ड हैन्डिलिङ अनुमति दिने नेपाल नागरिक उडड्यन प्राधिकरणले आश्वासन दिएको छ ।

सो अनुसार एअरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा क्वालालम्पुर नियमित चार्टर उडान गर्नेछ । नेपाल र मलेसियाको नागरिक उड्डयन प्राधिकरण र अन्य सान्दर्भिक ओभरफ्लाईङ इजाजतपत्र प्राप्त भएपश्चात ०३ नोभेम्बर २०२२, बिहीबारदेखि उडान सञ्चालन हुने अपेक्षा एअरलाइन्सले गरेको छ ।

प्रारम्भिक चरणका लागि एअरलाइन्सले भैरहवा–क्वालालम्पुर–भैरहवा सेक्टरमा उडान भर्ने छ भने भविष्यमा गौतमबुध्द विमानस्थलमा कमर्सियल ग्राउन्ड हैन्डिलिन्ग अनुमति प्राप्त भए पछि अन्य क्षेत्रमा पनि उडान विस्तार गरिने छ ।

सञ्चालन योजनालाई सम्बोधन गर्दै प्रशासनका उपाध्यक्ष, विजय श्रेष्ठले भने, ‘हामीले भैरहवाबाट नियमित उडानहरू सञ्चालन गर्न निरन्तर रुपमा लागिरहेका छौं । हमालय एअरलाइन्स्को गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान सञ्चालनले यात्रुको सुविधासँगै अन्तर्राष्ट्रिय गन्तव्यहरुसँग नेपालका विभिन्न क्षेत्रहरूको अझ राम्रो कनेक्टिभिटी हुने कुरामा हामी आशावादी छौं ।’

उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल देशकोे साझा राष्ट्र्यि गौरव भएको भन्दै यस विमानस्थलले धार्मिक पर्यटनको बढोत्तरीमा विशेष योगदान पु¥याउने सम्भावना भएकोले यस दिशामा हातेमालो गर्नु आवश्यक रहेको बताए ।

हिमालय एअरलाइन्स्ले आफ्नो सञ्जालमा नयाँ थपिएको क्षेत्र भैरहवासँगै गुणस्तरीय नियमित उडान र ग्राउन्ड सर्भिस उपलब्ध गराउन पनि प्रतिबद्ध रहेको कुरा पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्