Logo
Logo

ट्विटर भेरिफिकेसनका लागि ८ डलर तिनैपर्छ : एलन मस्क


1.5k
Shares

एजेन्सी । ट्विटरले अब भेरिफाइड प्रयोगकर्ताहरूबाट मासिक ८ डलर भुक्तानी लिने जनाएको छ । ट्विटरका मालिक एलन मस्कले ट्विटर खरिद गरेसँगै भेरिफाइड प्रयोगकर्ताका लागि नयाँ नियम ल्याएका हुन् ।

यदि उक्त रकम नतिर्ने हो भने भेरिफाइड ‘ट्विटर ब्लु’ (ब्लु मार्क) हटाइने पनि मस्कले चेतावनी दिएका छन् । कतिपय ट्विटर प्रयोगकर्ताहरूले भने मस्कको यस्तो नियमप्रति आपत्ति जनाउँदै टिप्पणी गरेका छन् ।

तर मस्कले जवाफको रुपमा त्यस्ता गुनासो गर्नेहरूलाई लक्षित गर्दै उक्त नियम अनिवार्य भएको बताएका छन् । बुधबार मस्कले ट्विटमार्फत् भनेका छन्, ‘सबै उजुरीकर्ताहरूका लागि, कृपया गुनासो जारी राख्नुहोस्, तर ८ डलर तिर्नुपर्ने छ ।’

प्रतिक्रिया दिनुहोस्