Logo
Logo

एकीकृत समाजवादी म्याग्दीका उपाध्यक्ष हेमराज बेपत्ता, भेट्टाउनेलाई १० लाख पुरस्कार


8.9k
Shares

काठमाडौं । विगत २४ दिनदेखि बेपत्तानेकपा (एकीकृत समाजवादी) म्याग्दीका उपाध्यक्ष हेमराज शर्मा अझै फेला परेका छैनन् ।

म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौर स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१६ बनस्थली बस्ने ५० वर्षीय शर्माको अहिलेसम्म अत्तोपत्तो छैन ।

गत महिना असोज २६ गते आइतबार साँझ ४ बजेदेखि बेपत्ता भएका शर्माको खोजीकार्यमा अहिलेसम्म कुनै पनि प्रगति नभएको बेपत्ता भएका शर्माका आफन्त विवेक शर्माले बताए ।

सामाजिक एवं राजनीतिक गतिविधिमा सक्रिय शर्मा एक्कासि सम्पर्कविहीन भएपछि परिवारका सदस्यले खोजीकार्यका लागि अपिल गरे पनि हालसम्म फेला नपरेपछि सूचना दिनेलाई परिवारले नगद रु १० लाखसमेत पुरस्कार दिनेसमेत घोषणा गरेको छ ।

घर परिवारमा पनि कुनै झैझगडा मनमुटाव नभए पनि केही आत्तिएको जस्तो भने देखेको परिवारका सदस्यको भनाइ छ ।

परिवारका सदस्य, आफन्त, शुभचिन्तक र प्रहरीले काठमाडौँ आसपासका क्षेत्रमा नियमित जाने स्थान तथा वनजङ्गल, खोलानाला र देशका विभिन्न स्थानमा समेत व्यापकरुपमा खोजी गरिसकेको तथा अहिलेसम्म कुनै सुराक फेला नपरेपछि परिवार चिन्तित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्