काठमाडौं । सन् २०२४ को डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रमको लागि अब एक साता सम्ममात्र आवेदन दर्ता गर्न सकिने छ ।
नेपालस्थित अमेरिकी राजदूतावासले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै डिभी २०२४ को लागि आवेदन दिने समय एक साता मात्र बाँकी रहेको जनाएको हो । भिसाका लागि आवेदन दिने अवधि नोभेम्बर ८ (कार्तिक २२ गते) साँझबाट बन्द हुने छ ।
आवेदन दिने अवधि कार्तिक २२ गतेसाँझबाट बन्द हुने भएकाले आवेदन दिन राजदूतावासले अपिल गरेको छ । ‘तपाँईहरूसँग अझै dvprogram.state.gov निस्शुल्क आवेदन दिने समय बाँकी छ’ सूचनामा भनिएको छ ।
यसपटक डीभी भरेकाले भने फेरि भर्न नमिल्ने र भरेको खण्डमा स्वतस् अयोग्य ठहरिने राजदूतावासले जनाएको छ । ‘याद राख्नुहोस्, एक जनाले एक पटकको डीभी कार्यक्रममा एक आवेदन मात्रै दिन मिल्छ र यदि तपाइँको आवेदन एक पटक भन्दा बढी प्रविष्ट गरिएको छ भने तपाँई स्वतस् अयोग्य ठहरिनुहुनेछ’ दूतावासको सूचनामा भनिएको छ ।