Logo
Logo

नागरिक उन्मुक्ति पार्टीको यस्तो छ योजना


315
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिएको सो पार्टीले घोषणापत्र सार्वजनिक गरेको हो । बिहीबार सार्वजनिक गरिएको चुनावी घोषणापत्रमा पार्टीको आगामी योजनाहरु पनि समावेश गरिएको छ ।

के छ योजनामा ?
१. नागरिक उन्मुक्ति पार्टी विजय भएको क्षेत्रमा कुनै पनि कार्य विचौलिया मार्फत गर्ने छैन ।
२. कृषक, उद्योगी, उद्यमी, आदिले उत्पादन गरेका वस्तु उनै मार्फत बिक्री वितरण गर्ने व्यवस्था गर्नेछौँ ।
३. विकास निर्माणका कार्यहरू सामूहिक परिश्रमसहितको उत्पादनबाट व्यवस्था मिलाउनेछौँ । हामी गर्नेछौँ
१. शुद्ध पिउने पानीको ग्यारेन्टी ।
२. एक पालिका एक वृद्धाश्रम
३. जेष्ठ नागरिकको मासिक एकपटक स्वास्थ्य जाँच ।
४. गरिब, सुकुम्बासी, मजदुरका बालबालिकालाई सतप्रतिशत शिक्षा निःशुल्क ।
५. स्वरोजगारको आधारभूत तालिम । हामी गर्दैनौँ
१. घुस खान्नौं ।
२. भ्रष्टाचार गर्दैनौँ ।
३. कसैको दबाब तथा अनावश्यक करकापमा रहेर अनुचित कार्य गर्नेछैनौँ ।
स्वास्थ्य हरेक मुलुकको शासकदेखि राज्य सञ्चालनसम्म सबैले चाहन्छन्– आफ्ना नागरिक स्वस्थ रहून् । स्वस्थ नागरिक बिना मुलुक सञ्चालनको परिकल्पना गर्न सकिँदैन । सबैजसो राजनीतिक दलहरूको एजेण्डामा स्वास्थ्य शीर्षक बिनाको घोषणापत्र, प्रतिवद्धतापत्र सम्पूर्ण अपूरा हुन्छन् । धेरै शब्द खर्चिरहनुभन्दा नागरिक उन्मुक्ति पार्टी जनस्वास्थ्यको सवालमा निम्न कुरामा प्रतिवद्ध छ ।
नागरिकको स्वास्थ्य नै राज्यको धन हो ।
१. जन्मदेखि ५ वर्षसम्म सम्पूर्ण बालबालिकाको उपचार निःशुल्क ।
२. हरेक नागरिकको स्वास्थ्य उपचार बिमा निःशुल्क ।
३. ६५ वर्षभन्दा बढी उमेरका नागरिकको उपचार निःशुल्क ।
४. दीर्घ रोगी नागरिकको उपचार निःशुल्क ।
५. हरेक पालिकास्तरमा कम्तीमा २५ शैयाको एक अस्पतालको साथै असक्त, वृद्धवृद्धा, बालबालिका र महिलाहरूलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने ।
६. हरेक महिना कम्तीमा एकपटक प्रेसर, सुगर, युरिक एसिडजस्ता रोगको परीक्षण घुम्ती शिविरमार्फत अनिवार्य गर्ने ।
७. नागरिक उन्मुक्ति पार्टी सरकार निर्माणको तहसम्म पुगेको खण्डमा कम्तीमा ‘एक प्रदेश एक शिक्षण अस्पताल’को अवधारणा ल्याई स्थापना गर्ने ।

प्रतिक्रिया दिनुहोस्