तनहुँ । तनहुँमा १० वर्षीय बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्लागण्डकी नगरपालिका-८ गणपते बस्ने ६३ वर्षीय राम्जी बहादुर थापा क्षेत्रीले स्थानीय जंगलमा अमला टिप्न जाने भन्दै ललाई फकाई लगी ती बालिकालाई थापाले बुधबार बिहान जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
बालिकाको परिवारले दिएको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खठिएको प्रहरीले उनलाई बुधबार राति पक्राउ गरेको हो ।
त्यस्तै, दाङमा ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-१४ चौपरीया बस्ने २७ वर्षीय दुर्गा बहादुर चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित धान काट्न गएकी ती महिलालाई चौधरीले जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मलवारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।