सर्लाही । सर्लाहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने कौडेना गाउँपालिका ३ का स्थानीयले उम्मेदवार र उनीहरुका प्रतिनिधिलाई गाउँ छिर्न रोक लगाएका छन् ।
आगामी मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको प्रचारप्रसारको लागि कौडेना–३ पुगेका राजीतिक दलको उम्मदेवार र उनका प्रतिनिधिलाई आक्रोशित स्थानीयले गाउँ छिर्न रोक लगाएका हुन् । उनीहरुले ‘नो रोड नो भोट’ लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए ।
गाउँका युवाले हुलाकी राजगार्कमा टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनको नेतृत्व गरेका कौडेना गाउँपालिका ३ का वडाध्यक्ष पचु चौधरी कल्वारले नेता र नेतृत्वबाट पटक पटक धोका भएकोले गाउँमा राम्रो सडक नबनेकाले विरोध गर्नु परेको बताए ।