Logo
Logo

देउवाको स्वागतमा माला लिएर उभिए प्रतिस्पर्धी सागर


3.5k
Shares

डडेल्धुरा । डडेल्धुरामा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाल प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको स्वागत गर्न मालासहित लाइनमा बसेका छन् ।

चुनावी प्रचारप्रसारका क्रममा बिहीबार डडेल्धुरा पुगेका देउवालाई स्वागत गर्न उनकै प्रतिस्पर्धी ढकाल माला लिएर लाइनमा बसेका हुन् । देउवालाई प्रधानमन्त्रीका रुपमा स्वागत गर्न आएको हुँ’, पत्रकारहरूसँग उनले भने, ’मैले सभामै बोल्ने समय मागेको छु।’

ढकालले यसपटक देउवालाई स–सम्मान बिदा गर्न भन्दै आफूले उनीविरुद्ध उम्मेदवारी दिएको बताउँदै आएका छन् । उनले देउवालाई पराजित गरे दुई दिनसम्म उपवास बस्ने वाचासमेत गरेका छन् ।

पछिल्लो समय उनी डडेल्धुरामा घरघर पुगेर भोट मागिरहेका छन् । मतदाताले आफूलाई भव्य स्वागत गरेको र आफूले जित्ने बताउँदै आएका छन् । ०७४ मा देउवा प्रधानमन्त्री हुँदा एक कार्यक्रममा सोधेको प्रश्नका कारण ढकाल चर्चामा आएका थिए।

प्रतिक्रिया दिनुहोस्