Logo
Logo

सन्दीपको मुद्दा ‘हेर्दाहेर्दै’ मा


2.3k
Shares

काठमाडौं । नाबालिगमाथि बलात्कारको आरोपमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको छ ।

लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस बिहीबार पनि नसकिएपछि लामिछानेको मुद्दा शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको हो । प्रतिवादी सन्दीपका तर्फबाट बिहीबार आठ अधिवक्ताले बहस गरेका छन् ।

कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा मंगलबार बयान भएको थियो । बुधबारबाट जारी थुनछेक बहसमा बिहीबारसम्म चार सरकारी वकिल र ११ जना अधिवक्ता गरी १७ जनाले बहस गरिसकेका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस नसकिएपछि अब शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्