Logo
Logo

चोटका कारण जर्मन स्टार टिमो वेर्नरले विश्वकप गुमाए


756
Shares

काठमाडौं । विश्वकप फुटबलका दावेदार मानिएका मध्येका एक जर्मनीका खेलाडि टिमो वेर्नरले पनि विश्वकप खेल गुमाउने भएको छ ।

एंकलमा लागेको चोटका कारण जर्मनीका फरवार्ड वेर्नरले कतार विश्वकप गुमाउने भएका हुन् ।

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबार आरबी लाइपजिग र साख्तर डोनेस्कबीच भएको प्रतिस्पर्धामा वेर्नर घाइते भएका हुन् ।

वेर्नरको क्लब लाइपजिगले बिहीबार उनको चोट पुष्टि गर्दै २०२२ भरीका लागि खेल बाहिर हुने जनाएको छ ।

वेर्नर सन् २०१८ को विश्वकप र युरोकप २०२० मा जर्मनीको टिमबाट खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्