Logo
Logo

विप्लव नेकपाका नवलपरासी इन्चार्ज वली पक्राउ


1.5k
Shares

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य शरद वलीलाई प्रहरीले पक्राउ गरेको छ ।

निर्वाचन बिथोल्ने अभियानमा लागेको भन्दै केही दिन यता विप्लव समूहका नेता र कार्यकर्तालाई सरकारले उच्च निगरानीमा राखेको छ । यसैक्रममा बिहीबार साँझ प्रहरीले पार्टीका केन्द्रीय सदस्य तथा नवलपरासी इन्चार्ज वलीलाई पक्राउ गरेको हो ।

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा सो पार्टीका नेताहरू धमाधम पक्राउ पर्न थालेका छन् । विप्लव नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपाले संयुक्त विज्ञप्ति जारी गर्दै निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्