Logo
Logo

सन्दीपको मुद्दामा बहस सकियो, आजै आदेश आउने


2.2k
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथि लागेकोे नाबालिग बलात्कारको मुद्दामा पीडितको पक्षबाट जवाफी बहस सकिएको छ ।

मंगलबारदेखि जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजालसमा जारी सुनुवाइमा जवाफी बहस सकिएसँगै अब थुनछेकको आदेश आउन लागेको हो ।

राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान लामिछानेविरुद्ध परेको मुद्दामा जिल्ला न्यायाधिवक्ता कृष्णा भण्डारी र निजी वकिल शान्ति रिसाल काफ्लेले जवाफी बहस गरेका थिए ।

बहस सकिएसँगै आजै जिल्ला अदालतले थुनछेकको आदेश दिने तयारी गरेको छ । शुक्रबार अपरान्हसम्ममा यो मुद्दामा न्यायाधीश घिमिरेले कारागार पठाउने या रिहा गर्ने निर्णय दिनेछन् ।

सरकारी वकिल कार्यालयले सन्दीप लामिछानेविरुद्ध एकजना १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा यही कात्तिक १४ गते मुद्दा दायर गरेको हो । तर लामिछानेले भने आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्