Logo
Logo

मंसिर १ गतेदेखि ड्रइभिङ लाइसेन्सको आवेदन बन्द हुने


882
Shares

काठमाडौं । आगामी मंसिर १ गतेदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को आवेदन प्रणाली बन्द हुने भएको छ ।

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा सम्बन्धित कार्यालयका कर्मचारी समेत खटिनुपर्ने भएकाले आवेदन नलिइने जनाएको छ ।

आवेदन फेरि कहिलेबाट खुल्ने भन्ने सम्बन्धमा पछि सूचना जारी गरिने विभागको भनाइ छ । विभागले भनेको छ– ‘आवेदन लिइने अनलाइन प्रणाली मंसिर १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्म बन्द रहनेछ ।’

प्रतिक्रिया दिनुहोस्