Logo
Logo

याे सरकारको विकल्प खोज्ने बेला आइसक्यो : ओली


567
Shares

काठमाडौं । नेकपामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारसँग देश बनाउने कुनै किसिमको मिसन–भिजन नै नभएको बताएका छन् । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनलाई शनिबार उद्घाटन गर्दै ओलीले यस्तो दावी गरेका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अहिलेको गठबन्धन स्वार्थको गठजोडबाट बनेको समेत आरोप लगाए । उनले भने, ‘वर्तमान सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसिन, भिजन र गन्तव्य नै छैन । यो स्वार्थमा बनेको गठजोड मात्र हो ।’ उनले आगामी निर्वाचनपछि यस्तो सरकार बन्न दिन नहुने पनि बताए ।

उनले उखान सुनाउँदै गठबन्धन सरकारलाई कठपुतलीको संज्ञा समेत दिए । ओलीले भने, ‘टालाटुली बाटुली, कति राम्रो कठपुतली यो सरकार ।’ अहिलेको सरकार भिजनलेस भएको बताउँदै उनले भने, ‘स्वार्थहरूले बनेको, स्वाभिमान नभएको कठपुतली सरकार हो ।’

मन र मस्तिस्कबाट देशभक्ति हटेपछि यस्तो प्रकारको सरकार बन्ने उनको भनाइ छ । अहिलेको गठबन्धनलाई अदृश्य शक्तिले पम्पिङ गरेको र गठबन्धनको मुख ६ तिर फर्केको उनले बताए । सोही कारण मंसिर ४ मा यसबारे निर्णय गर्नुपर्ने भएकाले त्यसको प्रतिक्षामा रहेको उनको भनाइ छ ।

ओलीले वर्तमान सरकारको विकल्प खोज्नुपर्ने अवस्था आइसकेको भन्दै दिशाहीन रहेको पार्टीहरूलाई सरकारमा ल्याउने कि भिजन भएको पार्टीलाई सरकारमा ल्याउने ? भन्दै प्रश्न गरे ।

साथै, उनले गठबन्धन दलका चुनावी घोषणापत्रमा केही नभएको भन्दै ती दलहरुमा भिजन नै नभएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्