Logo
Logo

कोमल वलीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण


693
Shares

काठमाडौं । निर्वाचन आयोगले नेकपा (एमाले) दाङ क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्य उम्मेदवार कोमल वलीलाई स्पष्टीकरण सोधेको छ ।

आयोगले वलीलाई विद्यार्थीसँग भोट मागेको विषयलाई लिएर स्पष्टीकरण सोधेको आयोगका सहायक प्रवक्तासमेत रहेका उपन्यायाधिवक्ता गुरुराज वाग्लेले नेपाल प्रेसलाई जानकारी दिए ।

वलीले शुक्रवार दाङको बबई गाउँपालिका १ स्थित सरस्वती जनता माध्यमिक विद्यालयको प्राङ्गणमा विद्यार्थीसँग भोट मागेका थिए ।

प्रतिक्रिया दिनुहोस्