Logo
Logo

राष्ट्रपति भण्डारीलाई ‘डब्लूपीएल ट्रेलब्लाजर अवार्ड’द्धारा सम्मानित गरिँदै


630
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘डब्लूपीएल ट्रेलब्लाजर अवार्ड’ पाउने भएकी छिन् ।

आइसल्याण्डको रेक्जाभिकमा आयोजना हुने रेक्जाभिक ग्लोबल फोरम–वुमन लिडर्स नामको सम्मेलनमा राष्ट्रपति भण्डारीलाई यो सम्मान प्रदान गरिन लागेको हो ।

यो अवार्ड विश्वका प्रमुख महिला राजनीतिज्ञहरूको उपलब्धिको कदर गर्दै हरेक वर्ष महिला राष्ट्रपति, पूर्वमहिला राष्ट्रपति तथा महिला प्रधानमन्त्रीलाई प्रदान गरिन्छ ।

दक्षिण एसियाली मुलुकमा राष्ट्रपतिजस्तो उच्च पदमा आसीन रहेर नेपाल र विश्वकै महिलाको गरिमा बढाएको ठहर गर्दै राष्ट्रपति भण्डारीलाई सो सम्मान दिन लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो अवार्ड ग्रहण गर्न राष्ट्रपति भण्डारी सोमबार आइसल्याण्ड प्रस्थान गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्