Logo
Logo

डडेल्धुरामा जसपाको समर्थन देउवालाई


1k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले एकमात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा शेरबहादुर देउवालाई समर्थन गर्ने भएको छ ।

जसपाबाट डडेल्धुराका प्रतिनिधिसभा सदस्य पदका उमेदवार श्याम सिनालले प्रधानमन्त्री समेत रहेका देउवालाई समर्थन गर्ने घोषणा गरेका हुन् । उनले आफ्नो उम्मेदवारी निष्क्रिय गरी सत्ता गठबन्धनका साझा उमेदवार देउवालाई समर्थन गर्ने घोषणा गरेका हुन् ।

उनले भने, ‘आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा जसपा डडेलधुराबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फको उमेदवार म श्याम सिनालले आफ्नो उमेदवारीलाई पूर्ण रूपमा निष्क्रिय गर्दै वाम लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा उमेदवार शेरबहादुर देउवालाई समर्थन गर्दछु ।’

देउवालाई समर्थन गर्ने घोषणा गरेका उनी र जसपा डडेलधुराका अध्यक्ष लक्ष्मी पनेरु कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्