Logo
Logo

‘स्वदेशमै रोजगारी र लगानीको वातावरण निर्माण गर्छौँ’


1k
Shares

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विदेशमा रहेका नेपालीले आर्जन गरेको सीपलाई नेपालमै लगाउने वातावरण निर्माण गर्ने बताएका छन् ।

प्रवासी नेपाली मञ्चको प्रथम अधिवेशनको आज यहाँ आयोजित बन्दसत्रमा बोल्दै उनले विदेशमा रहेका नेपालीलाई आफ्नै देशमा रोजगारी र लगानीको वातावरण बनाउन नेकपा (एमाले)ले चाहेको बताए । ‘विदेशमा रहेका नेपालीले आफूसँग भएको ज्ञान, सीप र क्षमतालाई मातृभूमिको सेवामा लगाउन चाहेकाले त्यसका लागि अनुकूलको वातावरण र नीति बनाउन एमालेले चाहेको छ’, उनले भने ।

पोखरेलले एमालेले घोषणापत्रमा रोजगारी र लगानीलाई विशेष प्राथमिकता दिएको बताए । उनले प्रवासी नेपाली मञ्चलाई महाधिवेशनसम्म ल्याउनका लागि निकै संघर्ष गर्नुपरेको स्मरण गरे । संगठन हार्दा पार्टीले हार्ने र पार्टीले हार्दा संगठन हार्ने बताउँदै उनले संगठनलाई बलियो बनाउँदा मात्रै पार्टी पनि बलियो हुने धारणा राखे । उनले सर्वसम्मत नेतृत्व चयन गर्न मञ्चलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्