Logo
Logo

युवाहरु फसाँउदै आएकी ‘एयर– होस्टेस’ प्रहरी फन्दामा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ११ भदौ ।
आफू एयर–होस्टेस भएको भन्दै भ्रममा पारेर ठगी गर्दै आएकी एक युवतीलाई प्रहरीले पक्राउ ष्रेको छ । झापाको अर्जुनधारा नगरपालिका–६ की २७ वर्षीया तविता राईलाई प्रहरीले पक्राउ गरेको हो । उनले गुँरास श्रेष्ठ र गरिमा श्रेष्ठ नामका २ नक्कली फेसबुक आइडी खोलेर युवकहरूलाई साथी बनाउँदै ठगी गर्ने गरेको पाइएको छ।

आफ्नो घर भारत सिक्किममा रहेको बताउने र आफू जेट एयरवेजमा एयर–होस्टेस भएको भन्दै राईले युवालाई आफूतर्फ आकर्षित गरेकी थिइन्। त्यस्तै आमा डाक्टर, बाबु अमेरिका बस्ने, दाई पाइलट भएको भन्दै फेसबुकमा कुरा गरेर प्रलोभन देखाउने र ठग्ने गरेको प्रहरीले जनाएको छ।

युवाहरूलाई आफूतर्फ आकर्षित गरेपछि म्यासेन्जसमा भ्वाइस कल गर्ने र विभिन्न समस्या देखाएर रकम मागेर ठगी गर्ने गरेको पाइएपछि पीडित २ युवकले प्रहरीमा उजुरी दिएका थिए। पीडितको उजुरीको आधारमा यसरी ठगी गर्ने युवतीलाई झापाबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी मोहन थापाले जानकारी दिए।

उनले आफू एयर होस्टेस भएको हो भन्ने प्रमाणित गर्ने अन्य एयर होस्टेसका फोटा इन्टाग्रामबाट डाउनलोड गरेर आफ्नो फेसबुक अकाउन्टमा राख्दै आएकी थिइन्।

कुराकानी गर्न थालेपछि लभ परेजसो गर्ने र आकस्मिक समस्या देखाएर पैसा माग्ने गरेकी थिइन्। पैसा नदिए आत्महत्या गर्ने र ती युवकको नाम पोलेर फसाउने धम्की दिएपछि २ युवकले युवतीलाई पैसा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्