Logo
Logo

कर्णाली प्रदेशमा व्यस्त प्रचण्ड, आज पाँच सभालाई सम्बोधन गर्ने


819
Shares

कणाली । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी अभियानका क्रममा कर्णाली प्रदेशमा व्यस्त भएका छन् । उनी आज कर्णाली प्रदेशका तीन जिल्लाका पाँच वटा स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीका अनुसार प्रचण्ड जुम्लाको शेरा खेत र सिंजा, हुम्लाको सर्केगाड तथा कालिकोटको खाँडाचक्र नगरपालिकाको मान्म र रास्कोट नगरपालिकामा हुने सभालाई सम्बोधन गर्ने भएका हुन् ।

शेरा खेत र सिंजामा आयोजना हुने सभालाई सम्बोधन गर्न प्रचण्डसहित कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का जाँदैछन् । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै सबै राजनैतिक दलहरु निर्वाचन प्रचार प्रसारका लागि देश दौडाहामा रहेका छन् । मंसिर ४ गते देशभर आम निर्वाचन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्