Logo
Logo

गगनलाई राजनभन्दा आरजुको डर


11.8k
Shares

काठमाडौं । उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये सर्वाधिक चासो रहेको क्षेत्र नम्बर ४ हो । कांग्रेसका लोकप्रिय युवा नेता गगन थापा र एमालेका नेता डा. राजन भट्टराईबीच यो क्षेत्रमा मुख्य प्रतिस्पर्धा हुँदैछ ।

२०७० र २०७४ मा लगातार यही क्षेत्रबाट जितेका गगन थापाका लागि यसपटक भने त्यति सहज छैन । कांग्रेस–माओवादी गठबन्धन भए पनि यो क्षेत्रमा माओवादीको उपस्थिति कमजोर छ भने, प्रतिस्पर्धी एमालेको संगठन बलियो छ । एमालेकै एकथरि कार्यकर्ताको भिजन भएका युवा नेताका रुपमा लोकप्रिय नेता गगन थापालाई चुनाव जित्न गाह्रो नभएको विश्लेषण पनि छ ।

गगनलाई एमालेभन्दा मुख्यगरी नेपाली कांग्रेसभित्रैबाटै चुनौती रहेको उनी निकट स्रोत बताउँछ । कांग्रेसको शेरबहादुर देउवापक्ष उनीसँग चिढिएको छ । गगनले जितेमा संसदीय दलको निर्वाचनमा उनले देउवालाई टक्कर दिन सक्ने भएकाले देउवानिकट एक समूह गगनलाई हराउनुपर्छ भनेर लागेको छ । त्यस्तो समूहले चुनावमा अन्तर्घात गर्न सक्ने सम्भावना भएकाले गगन थापा तनावमा परेको स्रोतले बताएको छ ।

चुनावघि गगननिकट एक समूहले अबको निर्वाचनमा बुढा पुस्तालाई बिदा गरेर युवा नेतृत्व ल्याउनुपर्ने अभियान सामाजिक सञ्जालमा चलाएको थियो । त्यो अभियानले पनि गगनलाई ‘ब्याकफायर’ ग¥यो । अहिलेको निर्वाचनमा उनले आफुलाई भावी प्रधानमन्त्रीका रुपमा प्रचार गरेका छन् । उनीनिकट स्वर्णिम वाग्लेलगायतले पनि गगनलाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर भाषण गरिरहेका छन् । गगन विजयी हुँदा पार्टीभित्र आफुहरूको होल्ड कमजोर हुने ठानेर एक समूहले गोप्य रुपमा अन्तर्घातको योजना बनाएको स्रोत बताउँछ । यसमा आरजु देउवाको समेत समर्थन हुनसक्ने भन्दै गगननिकट समूह सतर्क बनेको छ ।

काठमाडौं क्षेत्र नम्बर ४ को कपन, बुढानिलकण्ठ क्षेत्रमा एमालेको बलियो प्रभाव छ । यो क्षेत्रमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका लोकप्रिय नेता कुसुमकुमार कार्की प्रदेशसभाको उम्मेदवार छन् । उनीमार्फत एमालेको भोट तान्न गगनलाई सहज हुनसक्छ ।

अर्काेतर्फ, यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन लगाई आफुलाई समर्थनमा फकाउन उनी सफल भएका छन् । स्वतन्त्र उम्मेदवार अर्जुन प्रसाईलाई पनि फकाउने प्रयास भएपनि उनले मानेका छैनन् । समग्रमा आफ्नो पक्षमा माहोल बनाएपछि पार्टीभित्रै अन्तर्घातको जोखिम उनीमाथि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्