Logo
Logo

मतदातासँग गगनको आग्रह- चुनाव जिताएर प्रधानमन्त्रीको प्रतिस्पर्धी बनाउनुहोस्


756
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगनकुमार थापाले निर्वाचनमा जिताएर भावी प्रधानमन्त्रीको प्रतिस्पर्धी बनाउन मतदातासँग आग्रह गरेका छन् ।

नेपाली कांग्रेस काभ्रे–काठमाडौं–४ समन्वय समितिले आयोजनाका गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भावी प्रधानमन्त्रीको प्रतिस्पर्धी बन्नका लागि आफूलाई जिताउन आग्रह गरेका हुन् ।

आफू प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि पार्टीभित्र संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गर्ने बताउँदै थापाले संसदीय दलको नेता निर्वाचित भए आफू प्रधानमन्त्रीको प्रतिस्पर्धी हुन सक्ने आशय व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने– ‘तपाईंहरुले मलाई प्रतिनिधिसभा सदस्यमा जिताउनु पर्छ । यहाँ जितेर गए भने पार्टीको संसदीय दलको नेताका लागि प्रतिस्पर्धी बन्ने छु । संसदीय दलको नेता निर्वाचित भए त्यसपछि अन्य कुराका लागि प्रतिस्पर्धी बन्न सक्छु ।’

आगामी निर्वाचनपछि कुनै राजनीतिक दलमा संसदीय दलको निर्वाचन नभए पनि कांग्रेसमा हुने भन्दै महामन्त्री थापाले आफूले निर्वाचन नजिते कांग्रेसमा पनि संसदीय दलको निर्वाचन बताए ।

कांग्रेसमा संसदीय दलको नेताका लागि प्रतिस्पर्धी गर्ने आँट भएको कुनै एक व्यक्ति भए आफू रहेको भन्दै थापाले आफू र आफूलाई संसदीय दलको नेताको रुपमा प्रस्ताव गर्ने प्रस्तावको रुपमा झापाबाट विश्वप्रकाश शर्माले पनि निर्वाचन जित्नुपर्ने उनको भनाइ रहेको छ ।

सम्बोधनका क्रममा गगनले सीघैँ ‘प्रधानमन्त्रीको प्रतिस्पर्धी बन्छु’ नभने पनि घुमाउरो पारामा आफू प्रधानमन्त्रीको दाबेदार रहेको बताए । कांग्रेस संसदीय दलको नेता निर्वाचित हुने चाहनाले उनको प्रधानमन्त्री बन्ने चाहना स्पष्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस्