Logo
Logo

चाडपर्व सुरु नहुँदै उपत्यकामा चोरी बढ्यो


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १२ चैत ।
उपत्यकामा चोरीका घटना बढ्न थालेका छन् । सामान्यतया चाडपर्व सुरु भएपछि चोरी बढ्ने गर्दछ ।
बुधबार मात्र तीन घरमा चोरी भएको छ ।


तारकेश्वोर नगरपालिका(१ मनमैजु बस्ने दिपक थापाको घरबाट करिब २लाख ८० हजार रुपैयाँ मूल्यबराबरकोसुनका विभिन्न गरगहनाबुधबार दिउँसो चोरी भएको छ ।
यसैगरी काठमाडौं,चन्द्रागिरी नगरपालिका(१४ तिनथाना बस्ने दुर्गाबहादुर बमको टहराबाटनगद तथा सुनका गरगहना समेत गरी करिब १लाख १० हजार रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका(७ चाबहिल बुलबुले डेरा गरी बस्ने मोरङ बिराटनगर घरभएका प्रदिपराज दाहालको कोठाबाटनगद ३० हजार रुपैयाँ र सुनका बिभिन्न गरगहना समेत गरी करिब ३ लाख ६९ हजार रुपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको छ ।
प्रहरीले चोरीविरुद्ध बिशेष अभियान सुरु गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्