Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

मन्त्री बर्खास्तदेखि उम्मेदवारमाथि हातपातसम्म


2.6k
Shares

१. प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलका शीर्ष नेताहरुको दौडधुप, उम्मेदवारसहित नेता कार्यकता भोट माग्न गाउँ–गाउँमा, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धनगढीमा पार्टीका कार्यकर्तासँगको भेटघाटमा व्यस्त, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुम्लामा ।


२. प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिनेलाई कांग्रेसले गर्यो कारबाही, पूर्वसांसद अमरेशकुमार सिंह, पर्साका पूर्वसभापति अजयकुमार द्विवेदी, बझाङका पूर्वसभापति हर्कजङ्गबहादुर सिंह, सिन्धुपाल्चोकका पूर्वक्षेत्रीय सभापति बद्री चौलागाइँ, पूर्वराज्यमन्त्री राजेन्द्रबहादुर शाह, पूर्वकेन्द्रीय सदस्य हेमराज तातेड, पूर्वसांसद महादेव गुरुङलसहित ७४ नेता कार्यकर्ता कारबाहीमा ।


३. गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को जिम्मेवारी हेरफेर, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलद्वारा ऊर्जामन्त्री हरिशरण आचार्र्य बर्खास्त, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध मत मागेको आरोप लागेपछि आचार्यलाई हटाउन प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको पत्र, ऊर्जा मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पोखरेललाई ।


४. प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न गराउन निर्देशन, उम्मेदवारका साथै निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक एवं आम मतदाताहरूलाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचनमा सहभागी हुने उपयुक्त वातावरण तयार गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई गृह मन्त्रालयमार्फत निर्देशन ।


५. विश्वकप फुटबल प्रतियोगिताका नाममा कुनै पनि रकम नउठाउन सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश, मिडिया हबले विश्वकपको नाममा विज्ञापनबापत प्रतिग्राहक रु पाँच सय उठाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश, उक्त विषयमा छलफलका लागि सबै पक्षलाई यही कात्तिक २७ गते बोलाइयो ।


६. प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदाता परिचयपत्रका साथै परिचय खुल्ने अन्य आधिकारिक कागजातका आधारमा मतदान गर्न पाउने, नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाण देखाएर भोट हाल्न पाउने ।


७. नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवं गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडामाथि हातपात, पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–४ मा भोट माग्न पुगेका खतिवडा गाडीबाट ओर्लनसाथ पुरुषोत्तम खड्काले गरे हातपात, खड्काले मादक पदार्थ सेवन गरेको प्रहरीको भनाइ ।


८. नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, मंग्लबार नेप्से परिसुचकमा ०.१३ प्रतिशतले ओरालो लाग्यो, २७ लाख ७३ हजार बढीको सेयर किनबेच हुँदा १ खरब ५ करोड ३१ लाख ३७ हजार बढीको कारोबार, २७४ कम्पनीहरुको कारोबार हुँदा ५८ कम्पनीमा वृद्धि भएको छ भने ११४ कम्पनी घाटामा गएका र १४ कम्पनी स्थीर रहेको स्थीर ।


९. प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबको सानदारर जीत, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा मधेश प्रदेश १९१ रनले पराजित, २७४ रनको लक्ष्य पछ्यााएको मधेश प्रदेश ८२ रनमा समेटियो, पुलिस समूह बिको विजेता बन्दै सेमिफाइनलमा पुग्दा मधेश प्रदेश उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो ।


१०. अमेरिकामा मध्यावधि निर्वाचनमा मतदान शुरु, प्रतिनिधि सभा र सिनेट दुवै सदनको लागि चार करोडभन्दा बढी मतदाताहरूले निर्वाचन मतदानमा गरे, रिपब्लिकनहरूले कङ्ग्रेसको बहुमतलाई चुनौती दिँदै अर्को दुई वर्षका लागि राष्ट्रपति जो बाइडेनको एजेन्डा रोक्न र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउस फर्कने बाटो खुला गर्ने दाबी ।

प्रतिक्रिया दिनुहोस्