Logo
Logo

साफ यु- १५ : तेस्रो जितको दाउमा नेपाल


819
Shares

काठमाडौं । साफ यु- १५ महिला च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले आज (बुधबार) भुटानको सामना गर्दैछ । नेपाल र भुटानबीचको खेल बंगलादेश राजधानी ढाकास्थित बिएसएसएस मुस्तफा कमल मैदानमा साझ सवा ४ बजे सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल भुटानसँग दोस्रो पटक खेल्न लागेको हो । डबल राउण्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानलाई ७-० अन्तरले पराजित गरेको थियो । वर्षा ओलीले एक्लै चार गोल गरेपछि नेपालले सहज जित पाएको थियो ।

यसैगरी नेपालले दोस्रो खेलमा आयोजक बंगलादेशलाई १-० अन्तरले पराजित गरेको थियो । वर्षा ओलीले ८७औं मिनेटमा निर्णायक गोल गरेपनि नेपाल लगातार दोस्रो खेल जित्न सफल भएको थियो ।

भगवती रानामगरको प्रशिक्षणमा रहेको नेपाली टोली लगातार तेस्रो जित निकाल्ने दाउमा छ । प्रतियोगिताको शीर्षस्थानमा रहने टोली स्वतः च्याम्पियन हुने प्रावधान रहँदा नेपाल भुटानविरुद्ध खेल जित्दै शीर्षस्थानमा फर्कन चाहन्छ ।

दीपा रोकायाको कप्तानीमा रहेको नेपालले दुई खेलबाट ६ अंक जोडेको छ । तीन खेलबाट समान ६ अंक जोडेको बंगलादेश गोलअन्तरको आधारमा शीर्षस्थानमा छ । अंकविहिन भुटान भने उपाधि दौडबाट बाहिरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्