Logo
Logo

शुक्रबार बसन्तपुरमा राप्रपाको चुनावी सभा


189
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार उपत्यका स्तरीय चुनावी सभा गर्ने भएको छ ।

आगामी २५ गते काठमाडौंको बसन्तपुरमा हुने उक्त सभालाई अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका वरिष्ठ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उक्त सभामा उपत्यकाका तीन जिल्लाका १५ प्रतिनिधिसभाका र ३० प्रदेश सभाका उमेदवारहरुले मतदानका लागि सामुहिक अपिल गर्ने कार्यक्रम रहेको छ ।

राप्रपाले देशका १४२ प्रतिनिधिसभा र २८६ प्रदेश सभा क्षेत्रमा उमेदवारी दिएको छ । राप्रपाले यसअघि गोरखाको पालुङटार, नवलपुरको डण्डा, नवलपरासीको सुनवल र पाल्ही नन्दनमा चुनावी सभा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्