Logo
Logo

डोटी घटनाप्रति एमाले अध्यक्ष ओलीद्धारा दु:ख व्यक्त


1.1k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रविन्दु बनाई गएको भूकम्पमा परि मृत्यु हुनेहरुप्रति दुःख व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत बुधबार बिहान भएको घटनाप्रति दुख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण र परिवारजनमा सम्वेदना प्रकट गरेका हुन् ।

उनले लेखेका छन्, ‘दुःखद् खबर–हिजो भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिकामा स्थानीय ८ वटा परिवारका घर भत्केका छन् भने ६ जनाले ज्यान गुमाउनु भएको छ । उहाँहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा पर्नु भएका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

मंगलबार राति ९ बजेदेखि बुधबार बिहान २ बजेर १२ मिनेटसम्म तीन पटक डोटी केन्द्रविन्दु भएर गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी पुर्बिचौकी गाउँपालिका–३ गैरागाउमा ६ जनाको मृत्यु भएको थियो । अन्य ५ जना घाइते भएका छन् । घाइतेहरुको डोटी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्