Logo
Logo

सप्तरीमा प्रहरीले हटायो चुनावी प्रचार सामग्री


378
Shares

सप्तरी । सप्तरीमा निर्वाचन आचारसंहिता विपरीतका प्रचार सामग्री प्रहरीले हटाएको छ । विभिन्न दलले पर्खाल र पोलहरुमा लगाएको तुल, ब्यानरसहितका सामग्री प्रचार प्रहरीले हटाएको हो ।

सप्तरी क्षेत्र नम्बर–२ अन्तर्गत सदरमुकाम राजविराजमा आचारसंहिताविपरीत नगर क्षेत्र कुरुप हुनेगरी तुल, ब्यानर र पम्पलेटसहितका सामग्री लगाइएको थियो । ती सामग्री हटाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी अविनारायण काफ्लेले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले तीन दिनभित्र यस्ता सामग्री हटाउने राजनीतिक दलका नेताले प्रतिबद्धता जनाएपनि नहटाएपछि प्रहरी लगाएर हटाएको बताए । उनका अनुसार सार्वजनिक यातायातमा राखिएको दलको झन्डासमेत खोल्न लगाइएको छ ।

सप्तरी–२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, लोकतान्त्रिक वाम गठबन्धनबाट जयप्रकाश ठाकुर चुनावी मैदानमा छन् । यी तीनै जनाबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्