Logo
Logo

दार्चुला पुगेर देउवा र प्रचण्ड ओलीमाथि खनिए, चुच्चे नक्सामा घुँडा टेकेको आरोप


4.8k
Shares

धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि खनिएका छन् ।

बुधबार दार्चुला सदरमुकाम खलंगामा सत्तारुढ गठबन्धनले आयोजना गरेको संयुक्त चुनावी भेलालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री देउवा र प्रचण्डले ओलीको प्रतिवाद गरे ।

सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको दबाबपछि ओली नक्सा छाप्न बाध्य भएको दाबी गरे ।

‘ओलीजीले दार्चुला आएर के–के गर्छु भनेर धेरै किसिमका अफवाह र प्रलोभन दिएर जानुभएको रहेछ । कालोपानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि हो,’ सभालाई सम्बोधन गर्दै देउवाले भने, ‘चुच्चे नक्सामा उहाँ झुटा कुरा गर्दैहुनुहुन्छ । प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको पार्टीले ल्याएको हो । सबैले संसदबाट पारित गरेको हौँ ।’

प्रचण्डले ओलीमाथि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको चुच्चे नक्सामा आत्मसमर्पण गर्न बाध्य भएको आरोप लगाए । ‘केपी ओलीले होइन नक्सा बनाएको म पनि त्यही पार्टीको अध्यक्ष थिएँ । कोही भ्रममा नपार्नुहोला मसमेत अत्याधिक बहुमतले यो नक्सा बनाउनुपर्छ भनेर लागेपछि बाध्य भएर बनाएको हो । केही समयपछि चुच्चे नक्साको विषयमा आत्मसमर्पण गरेका छन्’, प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस्