Logo
Logo

मन्त्री थापाको मृत्युको शोकमा प्रदेश-१ मा सार्वजनिक विदा


4.2k
Shares

विराटनगर । प्रदेश–१ सरकारले बिहीबार प्रदेश–१ मा सार्वजनिक विदा दिएको छ । प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधनको शोकमा विदा दिएको हो ।

गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको उपचार गराइरहेका थापाको बुधबार विहान विराटनगरको नोबेल मेडिकल कलेजमा विराटनगरमा निधन भएको थियो ।

प्रदेश सरकारले बिहीबार एक दिन झण्डा आधा झुकाउने पनि निर्णय गरेको प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव प्रदेश सचिव अर्जुन निरौलाले जानकारी दिए । थापा ४ मंसिरमा हुने मोरङ क्षेत्र ३ को प्रदेशसभा ‘१’ बाट नेपाली कांग्रेसको उम्मेदवार थिए ।

प्रतिक्रिया दिनुहोस्