Logo
Logo

स्पेनिस ला लिगा : बार्सिलोना शीर्षस्थानमा


315
Shares

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले काडिजलाई २ १ अन्तरले पराजित गरेको छ ।

बिहीबार राति घरेलु मैदानमा भएको खेलमा प्राप्त जितसँगै विश्वकप अघि रियलले दोस्रो स्थानमा चित्त बुझाएको छ । समान १४ खेलबाट बार्सिलोना ३७ अंक सहित शीर्षस्थानमा छ । रियल ३५ अंक सहित दोस्रो स्थानमा रहेको छ ।

रियलको जितमा इडर मिलिटाओ र टोनी क्रुसले एक एक गोल गरे । काडिजका लुकास पेरेजले एक गोल फर्काएका थिए । खेलसँगै काडिज रेलिगेशन क्षेत्रबाट माथि उठ्न सकेन ।

प्रतिक्रिया दिनुहोस्