एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सि जिनपिङबीच भेटवार्ता हुने भएको छ ।
दुई राष्ट्रपतिबीच इण्डोनेसियाको बालीमा हुने जी २० शिखर सम्मेलनमा आगामी सोमबार भेटवार्ता हुने भएको हो । ह्वाइट हाउसले बिहीबार विज्ञप्ति जारी गर्दै दुई देशका राष्ट्रपतिको भेटबारे जानकारी दिएको हो ।
अमेरिकाले आगामी शिखर सम्मेलनलाई चीनसँग बिग्रेको सम्बन्ध सुधार्न उपयोग गर्ने नीतिअनुरुप राष्ट्रपति सिसँग भेटवार्ता गर्न लागेको बताइएको छ ।
भेटमा दुई मुलुकबीचको सम्बन्ध, अन्तर्राष्ट्रिय परिस्थिति र साझा चासोका विषयमा छलफल हुने विज्ञप्तिमा उल्लेख छ ।