Logo
Logo

डेढ लाख घुससहित सहायक प्रधानाध्यापक र लेखापाल पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १२ चैत ।
पशुपति मित्र माध्यमिक विद्यालय, का.म.न.पा. ७ चावहिलका लेखापाल (मा.वि.तृतीय श्रेणी) बद्रीप्रसाद पराजुली र सहायक प्रधानाध्यापक भरत बिक्रम बि.सी.घुससहित पक्राउ परेका छन् ।

विद्यालयमा क्यान्टिन बनाउने कार्य सम्पन्न गरी मूल्याङ्कन समेत भई रकम निकाशा गर्ने क्रममा सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निजहरू लेखापाल बद्रीप्रसाद पराजुली र सहायक प्रधानाध्यापक भरत बिक्रम बि.सी.लाई डेढ लाख घुससहित बिद्यालयबाटै बिहीबार पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्