Logo
Logo

काठमाडौं-१ : प्रकाशमानलाई स्वतन्त्र उम्मेदवार दुर्गाप्रसादको समर्थन


1.3k
Shares

काठमाडौं । काठमाडौं–१ का प्रतिनिधिसभा उम्मेदवार प्रकाशमान सिंहलाई स्वतन्त्र उम्मेदवार दुर्गाप्रसाद लिम्बूले समर्थन गर्ने भएका छन् ।

शुक्रबार उनले एक कार्यक्रमबीच प्रकाशमानलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय गरेको जानकारी दिए । यसँगै सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेका नेता सिंहलाई अझ सहज भएको छ ।

लिम्बू काठमाडौं क्षेत्र नम्बर १ मा खटिरहँदा धेरै उम्मेदवारको विश्लेषण सुन्दा क्षेत्र नम्बर १ लाई आवश्यक भएको उम्मेदवार प्रकाशमान सिंह नै भन्ने लागेपछि आफ्नो उम्मेदवारी निष्क्रिय गरेको बताए ।

प्रकाशमानले अघि सारेको ‘केन्द्रमा प्रभाव, क्षेत्रमा विकास’ भन्ने चुनावी नारा आफूलाई मन परेको उनले बताए । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै विकास क्षेत्र नम्बर १ मा भएको र त्यो प्रकाशमानकै कारण भएको उनको भनाइ छ ।

यसअघि लोसपाका प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रकाश नायजु र प्रतिनिधिसभा सदस्य उम्मेदवार रणवीर सिंहले पनि प्रकाशमानलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय बनाइसकेका छन् ।

प्रकाशमान सुरुदेखि नै काठमाडौं–१ मा आफ्नो प्रभाव क्षेत्र भएको भन्दै चुनाव जित्नेमा विस्वस्त हुँदै आएका छन् । यसअघि यसै क्षेत्रबाट तीन पटक चुनाव जितिसकेका प्रकाशमानले प्रधानमन्त्री बन्ने इच्छा प्रकट गर्दै आएका छन् ।

लामो समय राजनीतिकमा सक्रिय रहेर देश, जनता र समाजका लागि धेरै काम गरेको भन्दै आफू प्रधानमन्त्री बन्न योग्य भएको आफ्नो चुनावीसभामा बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्