Logo
Logo

आइएमईले आइपीओ निष्कासन गर्ने


567
Shares

काठमाडौं । नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । आइएमईले ९ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न लागेको हो ।

आइएमई ग्रुपका प्रमुख वित्तत्र अधिृकत दीपक शर्माको अनुसार कम्पनीले १० प्रतिशत आइपीओ निष्कासन गर्न गर्न लागेको हो । उनको अनुसार कम्पनीको जारी पुँजी ९० करोड रुपैयाँ छ ।

कम्पनीले आइपीओ जारी गर्ने विशेष प्रस्तावसहित आगामी २२औं साधारण सभा डाकेको छ । सभा आउँदो मंसिर १६ गते लाजिम्पाटको होटल हिमालयमा हुँदैछ ।

साधारणसभाले प्रस्तावित एजेन्डा उपर छलफल गरि अनुमोदन गरे लगत्तै कम्पनी आइपीओ निष्कासनको प्रक्रियामा जानेछ । सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरि नियामक धितोपत्र बोर्डमा निवेदन दिने कम्पनीको योजन रहेको सीएफओ शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्