Logo
Logo

हास्यकलाकार ‘दारी बा’ र गायक चेतन सापकोटा गठबन्धनलाई भोट माग्दै


2.3k
Shares

चौतारा । नेपाली सिने जगतका चर्चित हास्यकलाकार सुरवीर पण्डित ‘दारी बा’ सिन्धुपाल्चोकमा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारका पक्षमा मत मागिरहेका छन् ।

हास्य प्रस्तुतीमा ‘दारी बा’ नामले चर्चित पण्डितले सिन्धुपाल्चोक–१ मा भएका विभिन्न कार्यक्रममा सहभागी भएर वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरू माधव सापकोटा ‘सुबोध’ र प्रदेशसभा–१ का उम्मेदवार मसिना खड्कालाई जिताउन अपिल गरे ।

युवा उम्मेदवार सुबोध क्रान्तिको रापतापबाट हुर्किएको, देशमा गणतन्त्र र लोकतन्त्र प्राप्तिका लागि क्रान्तिमा होमिएको, गोली खाएको योद्धा भएको स्मरण गराउँदै उनले राजनीतिमा युवा अघि आउनु खुसीको कुरा भएको बताए । उनले महिला अधिकारका लागि महिलाले नै जित्नुपर्ने र त्यसका लागि मसिना खड्का भण्डारीमा काम गरेर देखाउने क्षमता रहेको चर्चा गरे ।

लिसंखुपाखर गाउँपालिकाको विभिन्न स्थानमा भएको कार्यक्रममा सहभागी उनले आफ्नो मर्मस्पर्शी प्रस्तुतीसहित सुबोध र मसिनालाई जिताउँदा युवा र महिलाले काम गरेर देखाउन अवसर पाउने विश्वास व्यक्त गरे । युवा र महिलाले जित्दा देशले कोल्टे फेर्ने उनको तर्क छ ।

यस अघि संगीतकार एवं गायक चेतन सापकोटा जिल्लाका विभिन्न स्थानमा भएका चुनावी कार्यक्रममा सहभागी भएर वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारका पक्षमा मत मागेका थिए । सापकोटाले ‘अरु कुरा था छैन, गठबन्धनलाई नजिताई भा’छैन, सुबोध, सरल, मसिनालाई नजिताई भा छैन’ बोलको गीत गाएर मतदाता र उम्मेदवारलाई समेत छमछमी नचाएका थिए ।

प्रतिक्रिया दिनुहोस्